पाँच दिनसम्म जंगलमा छट्पटिएका चौधरीकोे सफल उपचार

विराटनगर । पाँच दिनदेखि धरानको जंगलमा छट्पटिएका कैलाली टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो ।

ज्याला मजदुरीको काम गगर्दै आएका चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जान भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडेटारभन्दा केही तल जंगलमा गाडीबाट झरेर शौच गर्न जाँदा रिंगटा लागेर चौधरी भीरबाट खोल्सीमा खस्न पुगेका थिए तर गाडीका अरु यात्रुले उनी लडेको थाहा पाएनन् । भिरबाट झरेपछि बेहोस भएका उनको दुई दिनपछि मात्र होस आएको थियो । भिरबाट लडेको पाँचौँ दिन जंगलमा घाँस काट्न गएका स्थानीयले फेला पारेपछि उनको उद्धार गरी धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो ।

धरानमा उनको उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि विराटनगर लैजान सुझाव दिए । त्यसपछि चौधरीलाई विराटनगर ३ कन्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा लगिएको थियो । अस्पताल ल्याउँदखा घाउमा कीरा परिसकेको थियो ।

‘घाउमा किरा पलाएको थियो । मेडिकल भाषामा ‘म्यागोस’ पलाएको थियो । यो किरा कुहिएको चिजमा लाग्ने किरो हो,’ उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर पंकजराज नेपालले भने, ‘ यहाँ ल्याएपछि तीन दिन लगाएर घाउ सफा गरियो । मस्तिष्कमा किराको फुलहरू थिए । हामीले प्लास्टिक सर्जरी गरेर कैलाशलाई बचाउन सफल भयौँ । ’ छारे रोगले अट्याक गर्दा यस्तो समस्या भएको हुनसक्ने उनले बताए । ‘एक्कासी रिंगटा लागेर ढलेको हुनाले छारे रोगले अट्याक गरेको हुनसक्छ,’ डाक्टर नेपालले भने, ‘हस्पिटलमा बैलेमा ल्याएकोले उपचार गरेर बचाउन सक्यौँ ।’ लामो समयसम्म उपचार गरेपछि चौधरी ठिक भएको र डिस्चार्ज गरेको उनले बताए । ‘डिस्चार्ज गर्दा घाउ एकदमै राम्रो भइसकेको छ,’ उनले भने, ‘रिकभर राम्रो भएपछि अहिले कैलाशलाई घर पठाइएको छ । ’

कैलाशकी श्रीमती सविताले श्रीमानले आर्या न्युरो हस्पिटलमा नयाँ जीवन पाएको बताइन् । ‘पाँच दिनदेखि जङ्गलमा पानी मात्र खाएर बसेका श्रीमानलाई घाँस खोज्न जंगल गएकाहरुले उद्धार गरेर अस्पताल ल्याउनुभएको रहेछ । यहाँ ल्याएपछि श्रीमान्ले राम्रो उपचार पाउनुभयो । अहिले निक्कै ठिक हुनुभएको छ । उपचार गरेर श्रीमानलाई पुनः जन्म दिने हस्पिटल र चिकित्सकप्रति आभारी छु,’ उनले भनिन् ।

सोमबार, १३ कार्तिक, २०८०, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर