एभरेस्ट बैंकको २९ औँ वार्षिकोत्सवमा मानस सेवा आश्रममा खाद्यान्न वितरण

विराटनगर । एभरेस्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मूल्य बरावरको खाद्यान्न वितरण गरेको छ । बैंकको २९ औँ वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यान्न सामाग्री वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले खाद्यान्न ३० बोरा चामल, तेल, चना, दाललगायतको खाद्य सामाग्री वितरण गरिएको एभरेस्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाईँले बताए । मान सेवा आश्रममा दुई दर्जन बढी आफन्त नभएका ज्येष्ठ नागरिकहरू बसोबास गर्दै आएका छन् ।

यसै गरी बैंकले वार्षिक उत्सवको अवसर पारेर विराटनगर – १० मा रहेको झी पुनः ९नेपाल भाषा तथा सांस्कृतिक संघ० भित्र रहेको बङ्गलामुखी मन्दिरको धारा निर्माण लागि पनि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बिहीबार झी पुनः मा एक कार्यक्रमको बिच बैंकका प्रमुख चापागाईँले नगद ५० हजार रुपैयाँ चेक अध्यक्ष भविष श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

एभरेस्ट बैंक कोशी प्रदेश अन्तर्गत १८ वटा शाखा रहेको छ । एभरेस्ट बैंकको २९औँ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पूर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सहयोग गरी राखेको बैंकका प्रमुख चापागाईँले बताए । कार्यक्रममा एभरेस्ट बैंक विराटनगर कंन्चनबारी शाखाका प्रमुख बीभा जोशी, कर्जा असुली अधिकृत देवी प्रसाद संग्रौला, व्यवस्थापक सुरज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, ०२ कार्तिक, २०८०, साँझको ०६:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर