सेन्ट्रल मलमा दशैँ उत्सव

विराटनगर । विराटनगरको मेनरोडस्थित सेन्ट्रल मलभित्र रहेको सेन्ट्रल बजारले दसैँ–तिहार तथा छठ चाडपर्वमा विशेष आकर्षण छुट तथा उपहार योजना सुरु गरेको छ । आफ्नो जुन कुनै मार्केटबाट खाद्यान्नसहित लत्ताकपडा, गार्मेट, वा विद्युतीय सामग्रीको खरिदमा १० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको हो ।

आफ्ना ग्राहक तथा उपभोक्ताहरुलाई चाडपर्व लक्षित विशेष छुटको व्यावस्था ल्याएको सेन्टर बजारले जनाएको छ ।
सेन्ट्रल बजारले आज घटस्थापनाको दिनदेखि आगामी कार्तिक ६ गतेसम्म विभिन्न सामान खरिदमा विशेष छुट सहित विभिन्न अफर ल्याएको हो ।

हरेक वर्ष झंै यसपटक पनि नेपालीहरुको मुख्य चाड दसैँ तिहार र छठ पर्वको अवसरमा सेन्ट्रल बजारले आफ्ना उपभोक्ताका लागि छुट सुविधा ल्याएको सेन्ट्रल बजारका व्यावस्थापक ओम घिमिरले बताए ।

जस अन्र्तगत खाद्यन्न सामग्रीमा १० प्रतिशतसम्म छुट र लत्ता कपडा, कस्मेटिक जुत्ता चप्पल, गरगहना, ब्याग, किचन सामग्री , ग्लास वेयर, होमडेकर तथा खेलौनाका सामानहरुमा पनि १० प्रतिशत छुट रहेको सेन्ट्रल बजारले जनाएको छ ।
यस अघि पनि सेन्ट्रल बजारले नयाँ वर्ष, वार्षिक उत्सवलगायत विभिन्न समयमा अफरहरु दिँदै आएको छ । सेन्ट्रल बजारले अहिले दसैँ तिहार तथा छठ पर्व लक्षित अफर ल्याएसँगै सेन्ट्रल बजार आम उपभाक्ताहरुको रोजाइ बन्ने सेन्ट्रल बजारले अपेक्षा राखेको छ ।

सोमबार, २९ असोज, २०८०, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर