लोड हुँदैछ...

मेनु

नेसनल पेमेन्ट गेटवे खरिद प्रकरण बहालवाला सचिव मरासिनीसहित ९ जनाविरुद्ध सवा २३ करोडको भ्रष्टाचार मुद्दा

नेसनल पेमेन्ट गेटवे खरिद प्रकरण बहालवाला सचिव मरासिनीसहित ९ जनाविरुद्ध सवा २३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौ । नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार करीब सवा २३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर २५ करोड रुपैयाँमा एनपीजी खरिद गरेको विषयमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख समेत रहेका उनी माथि आरोप रहेको छ ।

अभियोगपत्रमा मरासिनीका अलावा विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, अर्का तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा नेपाल सरकाररसार्वजनिक संस्थाको सम्पत्ति लापरबाही तथा बदनियत गरी २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।