विराटनगर । देशका ६ महानगरपालिका मध्ये विराटनगर महानगरपालिका संघीय सरकारबाट कमअनुदान पाउँनेमा पाँचौ स्थानमा परेको छ । विराटनगरपछि कम अनुदान पाउनेमा ललितपुर महागनरपालिका छ । ललितपुरले छ महानगरमध्ये सबैभन्दा कम अनुदान पाएको छ ।
विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७७ करोड ७८ लाख सशर्त अनुदान, समानीकरण अनुदान ३४ करोड ८६ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख रुपैयाँ पाएको हो ।

यस्तै सबैभन्दा कम अनुदान पाएको ललितपुर महानगरपालिकाले संघीय सरकारबाट १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ पाएको छ । जसमध्ये ६७ करोड ६ लाख सशर्त अनुदान, ३९ करोड ८१ लाख समानीकरण अनुदान, २ करोड ५० लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको हो ।

सबैभन्दा बढी काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड २१ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ४३ करोड ७६ लाख सशर्त अनुदान छ भने ७० करोड ५५ लाख समानीकरण अनुदान छ । काठमाडौंले विशेष र समपूरक अनुदान पाएको छैन ।

आर्थिक वर्ष २०८०÷८१ को बजेटको ‘अन्तर सरकारी वित्तीय हस्तान्तरण’ अनुसार पोखराले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड छ । पोखराले विशेष अनुदान भने पाएको छैन ।

चितवनको भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख विशेष अनुदान पाएको छ ।

वीरगञ्ज महानगरपालिकाले १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ९० करोड १७ लाख रुपैयाँ सशर्त अनुदान, ३६ करोड २९ लाख समानीकरण अनुदान, २ करोड २५ लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ । बिरगञ्ज महानगरहरुमध्ये अनुदान पाउनेमा चौथो स्थानमा छ ।