लोड हुँदैछ...

मेनु

सात महिनामै ५० करोडभन्दा बढीको कारोबार

सात महिनामै ५० करोडभन्दा बढीको कारोबार

विराटनगर । सेफ्टी ब्राण्डको सेनिटरी प्याड उत्पादन गर्ने जास्मिन हाइजिन प्रडक्ट्सले सन् २०२१/२२ को सात महिनामा ५० करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।

विराटनगरमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक ५ करोड थान सेनिटरी प्याड, ४ करोड ५० लाख थान डाइपर र ६० लाख थान मास्क उत्पादन गर्न सक्ने क्षमता छ । सन् २००४ मा जास्मिन हाइजिन प्रडक्ट्स प्रालिको नाममा साझेदारी कम्पनीको रुपमा स्थापना भएको थियो । २०२१ डिसेम्बरमा भने कम्पनी प्राइभेटमा रुपान्तरण भएको थियो ।

शारडा समूहको लगानी रहेको यो कम्पनीले चीनबाट अधिकांश कच्चा पदार्थ आयात गर्छ । कम्पनीले ६२ करोड ९० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ गराएको छ । २ करोड ६४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी माइनस र ६० करोड २५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ । कम्पनीको प्रबन्ध निर्देशक पुनित शारडा हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।