विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा एनबीएससी विराटनगर र भारतको कटियार क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा झापा क्रिकेट क्लबलाई ९१ रनले स्तब्ध बनाउँदै विराटनगर क्वाटर फाइनलमा पुगेको हो ।
२१२ रनले लक्ष्य पछ्याएको झापाले १८।४ ओभरमा ९ विकेट गुमाइ १२० रन मात्र बनाउन सक्यो । झापाका बिनिज बास्तोलाले ३९ रन बनाए । अलोक मण्डलले ३५ रनको योगदान दिए ।
बलिङमा विराटनगरका मोहित कुमारले ४ विकेट र अनीश कुमारले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा १० विकेट गुमाइ २११ रनको योगफल खडा गरेका थिए । विराटनगरका विपिन सौरवले ६७ रनको अर्धशतकीय ईङनिल खेले । विधान गोस्लामीले ४० रन बनाए । झापाका कालिचरण यादवले ५ विकेट लिए भने विराट डाँगीले ३ विकेट लिए ।
म्यान अफ द म्याच विराटनगरका विपिन सौरव घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कटियारलाई ७ रनले स्तब्ध बनाउँदै पटना दोस्रो चरणमा प्रवेश गरेको छ ।१६७ रनकोको लक्ष्य पछ्याएको कटियारले निर्धारित १९ ओभर १ बलमा १० विकेट गुमाइ १५८ रनमा अलआउट भयो । कटियारका अङ्कित सिंहले ३७ रन बनाए । आलमले ३१ रनको योगदान दिए ।
बलिङमा पटनाका रितेस सिंह र गोलु कामतले समान ४÷४ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको पटनाले १९ ओभर १ बलमा १० विकेट गुमाइ १५८ रनको योगदान दिए ।
पटनाकाका बिनाय कुमारले ४९ रन बनाए । अर्जुन कुमारले ४४ रन र गोलुले ३० रनको योगदान दिए । कटियारका आलमले ३ विकेट लिए भने अङ्कित सिंहले २ विकेट लिए ।