विर्तामोड । दाङको घोराही उपमहानगरपालिका–१५ निवासी ३६ वर्षीय वर्षा ओलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन्।
आइतबार असार १ गते बिहान ५ बजे सुरु गरिएको यात्रामार्फत ओलीले झापादेखि कञ्चनपुरसम्मका २१ जिल्लाको भ्रमण गर्ने लक्ष्य लिएका छन्। यात्राको उद्देश्य विभिन्न जिल्लाका सामाजिक गतिविधि, स्थानीय संस्कृति, रहनसहन तथा भेषभूषालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु रहेको उनले बताएका छन्।
यात्राका क्रममा उनले स्थानीय समुदायका जीवनशैली, सांस्कृतिक सम्पदा र सामाजिक अभ्यासलाई डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्ने योजना बनाएका छन्। यस अभियानले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृतिको संरक्षण तथा देशका विविध पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साइकल यात्रा सुरु गर्नुअघि स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी टोलीले ओलीलाई सफल यात्राको शुभकामना दिँदै बिदाइ गरेका थिए।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।