विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज (सोमबार) आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले दिउँसो ४ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।
यस वर्षको बजेटमा एउटा रोचक पक्ष जोडिएको छ— मन्त्री लिङ्थेपले संखुवासभाको प्रख्यात ‘अल्लो’ बाट बनेको झोलामा बजेट दस्तावेज बोकेर संसद प्रवेश गर्नेछन् । मन्त्री लिङ्थेपको गृहजिल्ला संखुवासभा अल्लोको कपडाका लागि देशभर प्रसिद्ध छ । गत वर्ष तत्कालीन आर्थिक मामिला मन्त्री राम बहादुर मगरले ढाकाको झोलामा बजेट ल्याएका थिए ।
यस पटक कोशी सरकारले करिब ४० अर्ब रुपैयाँ भन्दा केही बढीको बजेट ल्याउने तयारी गरेको छ । यो चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको तुलनामा झण्डै ४ अर्ब रुपैयाँले बढी हो । संघीय सरकारको बजेटको आकार बढेको र अनुदान रकममा भएको वृद्धिले प्रदेशको बजेटको सिलिङ पनि बढेको हो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।