ग्रामथान । स्वास्थ्य जीवनको आधार आयुर्वेदीक जीवन शैली र उपचार भन्ने उदेश्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ विराटनगरमा सेवा लिनेको सख्या बढ्न थालेको छ ।
आयुर्वेद चिकित्सा उपचार केन्द्रको प्रचार प्रसार तथा जानकारी नुहदाँ निशुल्क सेवा लिन सेवाग्रहि आउने गरेका थिएनन । तर प्रचार प्रसार गरेपछि उपचार गराउनेको सख्या बृद्धि भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा.केनिन राईले बताए ।
स्वास्थ्य केन्द्र मोरङ विराटनगर बाट प्रदान गरिने सेवाहरू आयुर्वेद बहिरंग सेवा,स्वास्थ्य जीवन पराम॔श सेवा, होमियोप्याथिक चिकित्सा सेवा लगाएत सेवाहरू प्रदान गर्ने गरेको छ।
आयुर्वेद चिकित्सा उपचार जनमानसमा लोकप्रियता र विश्वनिता भएतापनि उपचार केन्द्रको सेवा प्रवाह सम्बन्धी जानकारी तथा थाहा नभएर चर्को मूल्य तिरेर उपचार गर्न बाध्य हुने गरेका थिए । अहिले भने चिकित्सा शिक्षामा धेरैको आकर्षण बढेको जनाइएको छ ।
आयुर्वेद सेवा सबै को लागि अपरिहार्य छ।