काठमाण्डौं वल्र्ड स्कुलको नेपाल टुर सम्पन्न

विराटनगर ।काठमाडौं वल्र्ड स्कुलले सुनसरीको धरानमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजित कार्यक्रममा जीवनोपयोगी शिक्षाका लागि काठमाण्डौ वल्र्ड स्कुल उत्कृष्ट रहेको बताइएको थियो ।

विद्यालयको बारेमा जानकारी गराउँदै नेपाल टुर आयोजना गरेको स्कुलले विराटनगरबाट कार्यक्रम पनि समापन गरेको जनाएको छ । स्कुलका अध्यक्ष डा. मिथिलेशकुमार झा र प्रिन्सिपल केशरबहादुर खुलालको उपस्थितिमा आइतबार विराटनगरमा पनि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल खुलालले शान्त र सौहार्दपूर्ण वातावरणमा स्कुलले स्तरीय शिक्षा दिइरहेको बताए । उनले अभिभावकले आफ्ना छोराछोरीका लागि समय व्यवस्थापन गर्न पनि आग्रह गरेका थिए ।

स्रोत र साधनको पर्याप्त हुँदा मात्र शिक्षालाई उच्चस्तरीय बनाउन सकिने भन्दै उनले शिक्षकलाई पनि गुणस्तरीय सिकाइ आवश्यक हुने बताए ।
कार्यक्रममा सहभागीहरुले विद्यार्थीलाई पुस्तकको बोझबाट मुक्त गर्नु पर्ने र सहज सिकाइको विधि अवलम्बन गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै स्कुलका चियरमेन इ.डा.झाले स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए ।

व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ । स्कुलले देशभरका प्रमुख सहरहरुमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ ।

आइतबार, २१ फागुन, २०७९, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर