विराटनगर । प्रथम विराटनगर हब अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र स्कुल र लक्ष्मी स्कुल जहदा प्रवेश गरेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथ आउट बाउण्ड्रीको सहयोगमा विराटनगर– ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको खेलमा विजयी हुँदै महेन्द्र स्कुल र लक्ष्मी स्कुल फाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलमा बालिका स्कुलले सत्यनारायण स्कुललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ११ ओभरमा ८ विकेट गुमाई ६३ रनको बनाएको थियो । जन्मा आर्तकी चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । बालिकाकी वमन अफ द म्याच पीँकी राजवंशीले ३ विकेट लिँदा रचना उराँवले २ विकेट लिइन् ।
६४ रनको विजयी लक्ष्य पछ्याएको बालिकाले ७ दशमलव २ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । जन्मा मुस्कान ठाकुरले नकआउट १५ रनको योगदान दिएकी थिइन् । सत्यनारायणकी आकृति चौधरीले १ विकेट लिइन् ।
दोस्रो खेलमा जहदाको लक्ष्मी स्कुलले विराटनगरमा सरस्वती स्कुललाई ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीले लगातार दुई खेलमा विजयी हुँदै समूह ए को टप भएर फाइनलको यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई ९२ रन बनाएको थियो । जन्मा पूर्णिमा राजवंशीले २१ रन बनाउँदा प्रतिभा मण्डलले १२ रन बनाइन् । लक्ष्मीकी वेदिका राजवंशी २ विकेट लिइन् ।
९३ रनको लक्ष्य पछ्याएको लक्षीले १३ दशमलव ४ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जन्मा वुमेन अफ द म्याच सृजना राजवंशीले २८ रन जोड्दा फुलकुमारी राजवंशीले १६ रनको जोडिन । सरस्वतीकी मुस्कान भगतले २ विकेट लिइन् ।
तेस्रो खेलमा महेन्द्र स्कुल र सत्यनारायण स्कुल बिचको खेल टाई भएको छ भएपछि महेन्द्रले ३ खेलमा १ मा जित र १ मा टाई भएपछि ३ अंककासाथ फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ४ विकेट गुमाई ९७ रन बनाएको छ । जन्मा वुमेन अफ द म्याच अम्बिका राजवंशी ले १९ रन बनाउँदा मनिका राजवंशीले १३ रन र रविना राजवंशीले १० योगदान दिइन् । सत्यनारायणकी दीक्षा परियार र दीपिका साहले २–२ विकेट लिइन् ।
९८ रनको विजयी लक्ष्य पाएको सत्यनारायणले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९७ बनाए पछि खेल टाई भएको हो । जन्मा खुश्वू रामले सर्वाधिक १६ रनको योगदान दिइन् । महेन्द्रकी रविना राजवंशी, भूमिका राजवंशी, मनिका राजवंशी र स्नेह सहनीले १–१ विकेट लिइन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरूको सहभागी रहेको फाउन्डेसनका अध्यक्ष अविवेक श्रेष्ठ जानकारी दिए ।
प्रथम विराटनगर हब अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको प्रवर्द्धन विराटनगर महानगरपालिकाले