सत्यनारायण र सरस्वती स्कूल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कूल र सरस्वती स्कूल फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १११ रनको विशाल रन अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो ।
जसमा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३० रन र महमद हरुनले २६ रन जोडे । राइजिङका महमद साहिलले ३ विकेट लिँदा राहुल राँय र अरमान अन्सारीले समान २–२ विकेट लिए ।

१५७ रनको विशाल लक्ष्य पछ्याएको राइजिङले १५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ४५ रनमा सीमित भयो । जस्मा महमद फरहानले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका कृष्ण यादन र सोनु सिंहले ३–३ विकेट तथा अयर यादव र रुपेश सोनीले २–२ विकेट लिए ।
बुधबारै भएको अन्तिम सेमिफाइनल खेलमा सरस्वती स्कूलले बुढानिलकण्ठ स्कलले ८० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाई १९५ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच रामनारायण यादवले ५० रन, राकेश खडकाले ४७ रन र शिवनन्दन यादवले २१ रन बनाए । बुढानिलकण्ठका कादिर शेखले ३ वकेट लिँदा विकाश मण्डले २ विकेट लिए ।

१९६ रनको विशाल लक्ष्य पछ्याएको बुढानिलकण्ठले २५ ओभरमा सवै विकेट गुमाई १ सय १५ रनमा सीमित भयो । जस्मा बुढानिलकण्ठका अनभ भट्टराईले सर्वाधिक ५७ रनको योगदान दिए । सरस्वतीका सुमन यादवले ३ विके, रामनारायण यादव र शिवनन्दन यादवले २–२ लिए ।
लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी रहेको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

बिहिबार, १८ फागुन, २०७९, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर