संखुवासभामा ब्याडमिन्टन प्रतियोगिता

संखुवासभा । संखुवासभाको मादीमा राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।मादी नगरपालिको आयोजनामा पृथक पहिचान मादी नगरपालिकाको शान भन्ने नाराका साथ फागुन २८ गतेदेखि ३० गतेसम्म राष्ट्रब्यापी खुल्ला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बुधबार आयोजक मादी नगरपालिकाले खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिएको हो । पुरुष डबल, महिला डबल र भेट्रान्स डबल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने मादी नगरपालिका नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिए ।

खेलकुदको माध्यमबाट विकृति बिसंगतीलाई हटाउँदै खेल क्षेत्रबाट मादी नगरपालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ । पुरुष डबल ब्याडमिन्टनतर्फ प्रथम टिमले नगद ७५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र, दोस्रो टिमले नगद ५० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र र तेस्रो हुने टिमले नगद १५÷१५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला डवलतर्फ नगद ४५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र, दोस्रो टिमले नगद ३० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र र तेस्रो हुने टिमले नगद १०÷१० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तैगरी खुल्ला भेट्रान्स डबल ब्याडमिन्टनतर्फ नगद ४० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र, दोस्रो टिमले नगद २५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र र तेस्रो हुने टिमले नगद ८ हजार रुपैयाँ ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक लक्ष्मण लिङ्थेपले बताए ।

 

बिहिबार, १८ फागुन, २०७९, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर