विराटनगर । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ ।
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए । सर्वोच्चले सोहि निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिने आदेश दिएको हो ।
महान्यायाधीवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो । महान्यायाधीवक्ताको निवेदन र सन्दिपको निवेदन दुबैमाथि सर्वोच्चले एकसाथ सुनुवाई गरेको थियो ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । त्यसविरुद्ध महान्यायधीवक्ता कार्यालयले उनलाई थुनामा राख्न माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चले उनलाई धरौटीमा पुर्पक्ष गर्ने उच्चको आदेश सर्वोच्चले सदर गरेको छ ।