लोड हुँदैछ...

मेनु

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग टू मा नेपालले स्कटल्यान्डलाई पराजित गरेको थियो । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

प्रधानमन्त्रीले समाजिक संजालमा लेखेका छन , ‘आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।