रोहित र सन्दीप चम्किएपछि स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् ।

मंगलबार हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरेका थिए ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो ।

खेलमा कुनैपनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै ८ विकेट गुमाएको थियो । हार निश्चित देखिएको अवस्थाबाट रोहितले नेपाललाई जोगाए । उनलाई करणले बलियो साथ दिए ।

 

मङ्गलबार, ०९ फागुन, २०७९, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर