विराटनगर । विराटनगरमा सम्पन्न केपी ओली खुला दौड ९रोडरेस० प्रतियोगिताको उपाधि सशस्त्र र नेपाली सेनाले जितेको छ। महिला र पुरुष गरी फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम भए । उनले १४ मिनेट ४५ सेकेन्डमा निर्धारित दुरी पुरा गरे । त्यस्तै नेपाली सेनाका श्री काश द्वितीय हुँदै १४ मिनेट २६ सकेण्डमा दुरी पुरा गरे भनेँ नेपाली सेनाकै टंक कार्की तेस्रो भए उनले १४ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गरेका थिए । नागेशवर अहिर र मिनल कार्की क्रमशः चौथो र पाँचौँ भएका छन् ।
नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनको अवसरमा आयोजित केपी ओली रोडरेस प्रतियोगिताको महिला तर्फको दौडमा सशस्त्र प्रहरीकी फुलमती रानाले १८ मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् ।
नेपाल प्रहरीकी राम माया बुढा १८ मिनेट १६ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो हुँदा सशस्त्र प्रहरीकी सीमा चौधरीले तेस्रो हुँदै निर्धारित दुरी पुरा गर्न १८ मिनेट २७ सेकेन्ड लगाउनु पर्यो । नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुरकी छेन्नी माया राई चौथो र पाँचौँ भएका छन् । उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
पुरस्कृत हुने प्रतियोगीहरू प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुनेले महिला पुरुष दुवै समूहका विजेतालाई क्रमशः ५१ हजार, ३१ हजार, १५ हजार, ८ हजार ५ हजार नगद प्रदान गरिएको केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताका संयोजक अनि रुद्र चौधरीले जानकारी दिए । प्रतियोगिता ५ किलोमिटर दुरी तय गरिएको थियो ।
विराटनगरस्थित सहिद रङ्गशालाबाट सुरु भएको खुला दौड पानी ट्याङ्की, तीन पैनी, वरगाछी , शनि मन्दिर, जलजला मोड, अस्पताल चोक हुँदै पुन रङ्गशालामा पुगेर सम्पन्न भएको थियो । दौडमा महिला तर्फ १७५ जना र पुरुष तर्फ ४२५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा सहभागी हुनको लागि नेकपा एमालेका नेताहरू गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, जीवन घिमिरे, ऋषि केश पोखरेल तथा खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत लगायत सहभागी थिए ।