लोड हुँदैछ...

मेनु

केपी ओली खुला दौड प्रतियोगिता हुँदै

केपी ओली खुला दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल खेलकुद महासंघले आफ्नो दोस्रो महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ।

नेपाल खेलकुद महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै आईतवार हुने खुल्ला दौड प्रतियोगितामा एमाले अध्यक्ष केपी शर्मा ओली आउने जानकारी गराएको हो ।

महाधिवेशन उद्घाटनको अवसरमा फागुन ७ गते बिहान ७ः३० बजे ‘केपी ओली रोडरेस’को प्रथम संस्करण २०७९ हुने तयारी भएको आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।

विराटनगरको सहिद रंगशाला विराटनगरबाट सुरु हुने रोडरेस (खुला दौड) हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोकहुँदै रोडशेष पुगेर महाधिवेशनस्थल जाने तयारी भएको आयोजक समितिले जनाएको छ।

खुला सडक दौड (रोडरेस) प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक÷एक लाख प्राप्त गर्ने जनाईएको छ। महासंघको महाधिवेशनलाई लक्षितगरि नेफोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ। ब्याडमिन्टन प्रतियोगिता २ गतेदेखि जारी छ । उक्त प्रतियोगिता आईतबार सम्पन्न हुनेछ ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह आईतबार विराट नर्सिङ होम पूर्वको महोत्सवस्थलको मैदानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्घाटन गर्ने संयोजक बस्नेतले बताए ।

महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायतको खेलहरु प्रदर्शन गरिने खेलकुद महासंघ प्रदेश १ का ईन्चार्ज सन्तोष बान्तवाले जानकारी दिए । जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराव, राई (साकेला) नेवारहरुकोे लाखे लगायत सास्कृतिक झाँकीहरु प्रदर्शन गरिने उनको भनाइ छ।

बन्दसत्रको कार्यक्रम फागुन ७ गते बेलुकाबाट मनासलु पार्टी प्यालेसमा हुने जनाइएको छ। महाधिबेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० प्रतिनिधि सहभागी हुने छन् । २९९ केन्द्रीय सदस्य महासंघमा नयाँ नेतृत्व चयन पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।