विराटनगर । त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ वरियता बाहेकको पुरुष एकल तर्फ पविनले एपिएफका सुमन लिम्बूलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । आर्मीका हिमाल चन्दले झापाका नविन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङ्गका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङ्गका बिवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।
पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटरफाईनलमा प्रवेश गरेका छन् । साउदले उदयपुरका रुमु हाङ्ग राईलाई २१–१२, २१–९ ले तथा महराले ताप्लेजुङ्गका अन्ड्रीयास लिम्बूलाई २१–८, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।
यसैगरी आर्मीका कविर के.सी.ले पाँचथरका रोहन तामाङ्गलाई २१–१६, २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका आर्मीका सुविन श्रेष्ठ (बी)लाई २१–१७, ९–२१, २१–१७, मोरङ्गका सुप्रिम पन्तले आर्मीका पारश उपाध्यायलाई २१–१५, ११–२१, २१–१६, दाङ्गका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२०, २१–१३, उदयपुरका बिनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–१४ र आर्मीका अनिल मल्लले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका संयोग बस्नेतलाई २१–१७, २१–९ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
महिला तर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाईनलमा स्थान बनाए । राईले ताप्लेजुङ्गका सरुना गुरुङ्गलाई २१–१७, १२–२१, २१–१४ ले तथा शाक्यले पर्साका श्रुती शाहबाट वाकओभर प्राप्त गरेका हुन् ।
पुरुष युगल तर्फको प्रतिस्पर्धामा मोरङका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए । यस्तै अन्तिम १६ मा स्थान बनाउने क्रममा ललितपुरका विकास महर्जन र रदीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नविन सिलवालको जोडी, नखिपोटका बिबेक कदङ्गवा र नल्सन राईको जोडी, मोरङका दिपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङका बिबेक चौधरी र उज्जल पोखरेलको जोडी, एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङका राजेन्द्र महर्जनको जोडी तथा कुशल राईको जोडी रहेका छन् ।
पुरुष ४५ वर्षमाथिको युगल तर्फको प्रतिस्पर्धामा सुनसरीका पुगेन्द्र लिम्बू र राम योञ्जनको जोडी, उदयपुरका बल बहादुर कार्की र चित्र थापाको जोडी, मोरङका जीवन बोगटी र धन कुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोष्ट मगर र कमल वाइबाको जोडी, मोरङका पदम धिमाल र धर्मराज राईको जोडी, ललितपुरका शान्ता डंगोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङका किरण सिंह बस्नेत र सुदीप पोखरेलको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।