प्याब्सन स्पोर्टस मिटमा पूर्वाञ्चल एकेडेमीको अग्रता

विराटनगर । विराटनगरमा जारी १२ औँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायम गरेको छ ।

शनिवारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकेडेमीले ६ स्वर्ण, र २ कांस्य पदकसहित आफ्नो अग्रता कायम गरेको हो ।

पूर्वाञ्चल एकेडेमीलाई मिक्लाजुङ्ग गाउँपालिकाको मिनील्याण्ड स्कुललाई २ स्वर्ण पदकसहित पछ्याइरहेको छ । यस्तै सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुलले १ स्वर्ण र ३ रजत पदक ल्याएको छ । यस्तै रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढा निलकण्ड, एभरेस्ट स्कुल र बिकेभिएम स्कुलले १/१ स्वर्ण पदक जितेको छ ।

शनिवार पाँच खेल सम्पन्न भएको छ । ८ सय मिटर छात्रा दौडको प्रथम सिद्धार्थ स्कुलका मेमोसा राई, द्वितीय जनम मेमोरियल स्कुलका सन्ध्या खान र तृतीय शारदा स्कुलका रुपम कुमार ठाकुर भए ।सोही विधाको छात्रतर्फको प्रथम मिक्लाजुङ्ग गाउँपालिकास्थित मिनील्याण्ड स्कुलका सन्तोष सहनी प्रथम, सिद्धार्थ स्कुलका सुमित साह द्वितीय र पूर्वाञ्चल एकेडेमीका गोकुल श्रेष्ठ तृतीय भएका छन् ।

यसैगरी लङजम छात्रतर्फको प्रथम पूर्वाञ्चल एकेडेमीका सोयल चौधरी प्रथम, सिद्धार्थ स्कुलका सुवोद चौधरी द्वितीय र एभरेस्ट स्कुलका अपर्ण कार्की तृतीय भएका छन् ।१६ सय मिटर दौड छात्रातर्फको प्रथम पूर्वाञ्चल एकेडेमी, द्वितीय सिद्धार्थ र तृतीय जनक मेमोरियल स्कुल भयो । यस्तै सटपुट छात्रातर्फको प्रथम पूर्वाञ्चल भएको छ । द्वितीय मुनाल आदर्श र तृतीय एभरेस्ट स्कुल भयो । यस्तै ज्यावलिङ थ्रो छात्रतर्फको प्रथम पूर्वाञ्चल एकेडेमी, द्वितीय जनक मेमोरियल र तृतीय बालदेवदूत स्कुल भयो ।

बास्केटबलको उपाधि बिकेभिएमलाई

प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । शनिवार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कोरले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको हो ।
उपविजेता सगरमाथा स्कुल भयो । तृतीय विराटनगरको एभरेस्ट स्कुल भएको छ ।एभरेस्टले स्कुलले सिद्धार्थ स्कुललाई २५–३ स्कोरले हराउँदै एभरेस्ट तेस्रो भएको हो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी बिकेभिएमको मुकेश कुमार महतो घोषित भए ।

टेबल टेनिसको टिम इभेन्टमा एभरेस्ट

प्याब्सन स्पोर्टस मिट अन्तर्गत छात्र टिम इभेन्टतर्फको टेबल टेनिस प्रतियोगितामा विराटनगरको एभरेस्ट स्कुलले स्वर्ण पदक जितेको छ ।
एभरेस्टले विराटनगरको सगरमाथा स्कुललाई पराजित गरेको हो ।
सोही विधाको छात्रतर्फको फाइनल आइतबार हुनेछ । फाइनलमा ग्यालेक्सी पब्लिक हाइ स्कुल र सगरमाथा स्कुल पुगेको छ ।
यस्तै छात्रा सिंगल तर्फको फाइनलमा सगरमाथाका निकिता तामाङ र एभरेस्टका एन्जिला पन्त पुगेका छन् । यस्तै छात्र सिंगल तर्फको फाइनल ग्यालेक्सी पब्लिक हाइ स्कुलका प्रत्यूष ढकाल र सगरमाथा स्कुलका उज्ज्वल तामाङ पुगेका छन् । टेबल टेनिङ सिंङगलको फाइनल आइतबार हुनेछ ।

फुटबलको फाइनलमा शिक्षा सदन र सिद्धार्थ

फुटबलको फाइनलमा बेलबारीको शिक्षा सन्देश र सुन्दरहरैचाको सिद्धार्थ स्कुल बिच प्रतिस्पर्धा हुने भएको छ । शिक्षा सन्देशले सुनगाभा स्कुललाई ३–० गोलले हराउँदै शिक्षा सन्देशफाइनलमा पुगेको हो । जितको लागि अशेष मगरले दुई गोल र सुरेश लिम्बुले १ गोल गरेका थिए ।
यस्तै सिद्धार्थ स्कुलले ब्राइट फ्युचर स्कुललाई २–० गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनल पुगेको हो । जितको लागि सिद्धार्थका सन्देश चौधरी र अनम पराजुलीले गोल गरेका थिए । फुटबलको फाइनल आइतबार हुनेछ ।

भलिबलको फाइनलमा चार स्कुल

कक्षा दशसम्म अध्ययनरत छात्रातर्फको भलिबल प्रतियोगितामा मोरङ पब्लिक स्कुल र लेटाङको ग्रिन भ्याली स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ब्राइट फ्युचर स्कुललाई पराजित गरी मोरङ पब्लिक स्कुल फाइनलमा पुगेको हो ।

यस्तै कक्षा ११ र १२ बिच भएको छात्रतर्फको भलिबलमा कोशी मोडल र सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । कोशी मोडलले एभरेस्ट पथरीलाई हराउँदै फाइनलमा पुगेको हो ।सिद्धार्थ स्कुलले भृकुटी मोर्डललाई हराउँदै सिद्धार्थ फाइनल पुगेको हो ।आइतबार समापन हुने प्याब्सन स्पोर्टस मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको सचिव जगत बस्नेतले जानकारी दिए । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबल टेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, त्रिफल जम, हाईजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरिका २२० वटा प्याब्सनमा आबद्ध विद्यालयले भाग लिएको छ ।

शनिबार, ०७ माघ, २०७९, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर