प्याब्सन विराट कप

जेम्स, बालमिकी र सेन्ट जोसेफ स्कुल क्वाटर फाइनलमा

विराटनगर । विराटनगरका तीन वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, बालमिकी र सेन्ट जोसेफ स्कुल विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा अर्पण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अर्पण विजयी भएको छ । जितको लागि अर्पणका अविषेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १/१ गोल गरे ।

सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी बालमिकी स्कुल क्वाटर फाइनलमा पुगेको छ । जितको लागि बालमिकीका सरोज साहले एक्लै दुई गोल गरेका थिए ।

सोही दिन भएको तेस्रो खेलमा सेन्ट जोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले हराउँदै सेन्ट जोसेफ क्वाटर फाइनल पुगेको छ । जितको लागि सेन्ट जोसेफका दीपेश खड्का, निशान्त सिटौला र अरभ शर्माले समान १÷१ गोल गरे ।

यस्तै अन्तिम खेलमा जेम्स स्कुलले विराट शिक्षा स्कुललाई ३–२ गोलले पराजित ग¥यो । जितका लागि जेम्सका तर्फबाट अंकित दाहाल, सुशील बस्नेत, डेबिट खड्काले १/१ गोल गरेका थिए । विराटको तर्फबाट ओए सीस तिम्सिना र रंजित दनवारले समान १/१ गोल गरे ।

मंगलबारको पहिलो खेल अर्पण र बिके भिएम स्कुलबिच हुनेछ । सोही दिन हुने दोस्रो खेल गोदावरी र मोर्डन ऐरा, तेस्रो खेल डनवस्को र ग्रेडेड, चौथो खेल बालमिकी र सेन्ट जोसेफ, पाँचौँ खेल मदरल्याण्ड र जेम्स स्कुलबिच प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सोमबार, ०४ पुष, २०७९, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर