काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजिनामा बिहीबार स्वीकृत भएको छ।
प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन । क्यानले नेपाली टोली सम्हाल्ने गरी प्रभाकरसँग एक वर्षे सम्झौता गरेको थियो।
तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए।
भारतीय प्रशिक्षक प्रभाकर नेपाल आएपछि नेपालको क्रिकेट यात्रा झन् ओरालो लागेको थियो
प्रभाकरले नेपाली टोली सम्हालेपछि नेपालको प्रर्दशन झन् खस्किँदै गएको थियो। प्रभाकर नेपाल आएको एक सातामा नै राष्ट्रिय टोलीले केन्या भ्रमण गरेको थियो।
तर पछिल्लो खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको जनाइएको छ ।