एजेन्सि । विश्वकप अन्तरगत क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार राति दुई खेल हुँदैछ । पहिलो खेल राति पौने ९ बजे मोरोक्को र स्पेनबीच हुनेछ । यस्तै दोस्रो खेल पोर्चुगल र स्वीट्जरल्याण्डबीच राति पौने १ बजे सुरु हुनेछ ।
दुबै टोली एकअर्कालाई हराउँदै अन्तिम १६ बाट अन्तिम ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । एजुकेशन स्टेडियममा हुने स्पेन र मोरोक्कोबीचको खेल हुनेछ । यी दुई देशबीच विश्वकपमा दोस्रो पटक भेट हुन लागेको हो । सन् २०१८ मा समूह चरणमा यी दुई देशले २–२ को बराबरी खेलेका थिए ।
यस्तै पोर्चुगल र स्वीट्जरल्याण्डबीच सन् २०२२ कै यो तेस्रो भिडन्त हो । जसमा अघिल्लो दुई खेलमा एक खेल पोर्चुगल र एक खेल स्वीट्जरल्याण्डले जितेको थियो ।