विश्वकप नकआउट चरणमा प्रवेश, आज क्वाटरफाइनलका दुई खेल

काठमाडौं । विश्वकप २०२२ मा आज देखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ ।
शुक्रबार राति दक्षिण कोरिया र स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि–क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।

प्रि–क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो ।

समूहमा नेदरल्यान्ड्स अपराजित रहेर नकआउट चरणमा स्थान बनाउँदा अमेरिका पनि अपराजित नै रहेर अन्तिम १६ मा स्थान बनाउन सफल टोली हो । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ ।

यस्तै अर्को खेलमा समूह ‘सी’ को विजेता अर्जेन्टिनाले समूह ‘डी’ को उपविजेता अष्ट्रेलियासँग खेल्दैछ । खेल अहमेद विन अली स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ ।

दुवै टोली जित निकाल्दै अन्तिम आठमा पुग्न चहान्छ । २०१४ को उपविजेता अर्जेन्टिना २०१८ पछि क्वाटरफाइनलमा पुग्न चहान्छ । त्यसबेला अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

यता, अष्ट्रेलिया विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यसअघि पाँचपटक विश्वकप खेलिसकेको अष्ट्रेलिया प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन ।

समूह ‘सी’ मा अर्जेन्टिनाले सुरुवाती खेल गुमाएपनि त्यसपछिको दुवै खेलमा जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो ।

यता, अष्ट्रेलियाले पनि पहिलो खेल गुमाएको थियो । त्यसपछिको दुवै खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन

शनिबार, १७ मंसिर, २०७९, दिउँसोको ०१:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर