काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचेको छ । पिक आवरमा पनि नेपालले बिजुली भारत निर्यात गरेको हो ।
लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। निर्यातसहितको बिजुली जोड्दा त्यतिबेला प्राधिकरणको प्रणालीबाट १६८५ मेगावाट बिजुली आपूर्ति भएको थियो।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।
नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न सुरू भएसँगै पहिलो पटक यसपालि प्राधिकरण लक्ष्मीपूजाको साँझ पनि बिजुली भारत पठाएको हो।
नेपाली विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताएका छन्।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।