विराटनगर । सुनसरीको देवानगञ्जमा चर्किएको हिंसाको असर विराटनगरमा पनि परेको छ ।
दिउँसो केही व्यक्तिहरुको समूहले विराटनगरको मुख्य बजार ट्राफिक चोक क्षेत्रको बजार बन्द गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कोवित कट्वालका अनुसार बन्द गराउन खोजे पनि खुलाउने प्रयास जारी छ । ‘केही मानिसले बजार बन्द गराउन कोशिस गरेको भन्ने आएको छ । हामीले तत्काल बजार खुलाउन भनेका छौं,’ उनले भने ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।