टि–२० विश्वकप आजदेखि, १६ टोली भिड्दै

विराटनगर । आठौं संस्करणको टि२० विश्वकप २०२२ आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ ।
पहिलो चरणको समूह ए को खेलमा श्रीलंका र नामिबियाबीच उद्धघाटन खेल भइरहेको छ ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूह बाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह बी बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन् ।

त्यस्तै सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।

सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । दक्षिण अफ्रिका र न्युजिल्यान्डको सोच पहिलो पटक विश्वकप जित्ने हुनेछ । भारत २००७ पछि विश्वकप जित्ने सोचमा हुनेछ । घरेलु टोली अष्ट्रेलिया लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्न चाहन्छ ।

टि२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिज दुई पटक विश्वकप जित्ने एकमात्र टोली हो । लगातार दोस्रो वर्ष टि२० विश्वकप आयोजना हुन लागेको यो सन् २००९ र २०१० पछि पहिलो पटक भएको थियो ।
२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्टइन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्टइन्डिज र २०२१ मा अष्ट्रेलिया टि२० विश्वकप च्याम्पियन बनेका थिए ।

यस विश्वकपमा इंग्ल्यान्ड, भारत, अष्ट्रेलिया र दक्षिण अफ्रिका सर्वाधिक बलिया टोली हुन् । त्यस्तै न्युजिल्यान्ड र पाकिस्तान पनि उपाधि दाबेदार टोली हुन् । विश्वकपमा आजको दोस्रो खेलमा नेदरल्यान्ड्स र युएईबीच दिउँसो एक बजे सुरु हुनेछ ।

आइतबार, ३० असोज, २०७९, बिहानको ११:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर