नवौं राष्ट्रिय खेलकुदका लागि तयार पारिएको ट्रफी विराटनगरमा सार्वजनिक

विराटनगर । आउँदो असोज २८ गतेदेखि पोखरामा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि तयार पारिएको ट्रफी विराटनगरमा सार्वजनिक गरिएको छ । उक्त प्रतियोगिता कात्तिक ३ गतेसम्म हुनेछ ।

सहिद रंगशाला विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको ट्रफी प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक गरे । काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेसँगै ट्रफीलाई सुदूरपश्चिम प्रदेश हुँदै प्रदेश–१ को राजधानी विराटनगर ल्याइएको हो ।

प्रतियोगितामा एनआरएनएसहित ३ विभागीय र ७ वटै प्रदेशको सहभागिता रहने छ । उक्त प्रतियोगिताको विजेताले सुनचाँदी जडित ट्रफी प्राप्त गर्नेछन् । ओलम्पियन एसोसिएसनका अध्यक्ष तथा ओलम्पिक खेलाडी दीपक विष्ट, कराँतेका अन्तर्राष्ट्रिय खेलाडी दीपक श्रेष्ठ, एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा दोहोरो स्वर्णपदक विजेता अरुणा शाही र विश्व अल्ट्रा धाविका मीरा राईले ट्रफी लिएर आएका हुन् ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलगायतको सहभागीता थियो ।

शनिबार, ०८ असोज, २०७९, रातीको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर