झापा बेलडाँगीका एलबीको हत्यामा संलग्न आरोपमा ९ जना पक्राउ

इलाम । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् ।

इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा गुरुङको हत्या गरेको उनीहरुलाई आरोप छ । गत बुधबार बेलुका ५ बजे १०–१२ जना अपरिचित व्यक्तिहरुले उनको हत्या गरेका थिए । बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको विभिन्न भागमा काटेर गम्भीर घाइते बनाएका थिए । घाइते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ वर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् ।

प्रहरीले उनीहरुलाई घटनामा प्रयोग भएको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा फेला पारेको छ ।

हत्या भएको ३ दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको प्रहरीको दाबी छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शुक्रबार, ०७ असोज, २०७९, दिउँसोको ०१:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर