विराटनगर । नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट परेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेको ५ वटा रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।
नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा ५ रिट परेका थिए । पाँचवटै रिट सर्वोच्च प्रशासनले बिहीबार नै दर्ता गरिसकेको छ।
संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अदालतमा छुट्टाछुट्टै रिट परेको थियो। सो रिटको पेसी आजलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।
अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन्।
राष्ट्रपतिले संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आलोचना सुरु भएको छ। सत्ता गठबन्धन निकट संगठनहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संगठनहरुले राष्ट्रपतिको कदमको प्रंशसा गरेका छन्।