लोड हुँदैछ...

मेनु

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेशको २–० को अग्रता

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा  बंगलादेशको २–० को अग्रता

विराटनगर । साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको छ । नेपालमाथि बंगलादेशले २–० अग्रता बनाएको हो ।
दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् ।

खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाइन् ।

आजको खेलमा जित निकाल्दै नेपाल पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यता बंगलादेश पनि पहिलो उपाधिको पर्खाइमा छ । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।