लोड हुँदैछ...

मेनु

विद्यार्थी आन्दोलित

विद्यार्थी आन्दोलित

विराटनगर । विराटनगर २८ भाद्र । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक परीक्षा नियन्त्रकले अभद्र व्यवहार गरेको भन्दै विद्यार्थिहरुले कार्यकक्षमा २ घण्टा थुनेका छन् ।

इर्ष्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीहरूले सो परीक्षा केन्द्रमा विभिन्न माग राखेर छलफल गर्न जाँदा कुरै नसुनी आफूहरू माथि सहायक परीक्षा नियन्त्रक अजय कुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।

उनिहरुले पूर्वाञ्चल विश्वविद्यालयले यही भाद्र २३ गते प्रकाशित गरेको परीक्षा केन्द्र तोकिएको सूचना खारेज नगरी पुनः२५ गते नयाँ सूचना प्रकाशन गरेको र हाल संचालन भइरहेको परीक्षा अव्यवस्थित र अपारदर्शी भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

विद्यार्थिहरुले हाल संचालन भएको परीक्षा स्थगित गर्नु पर्ने,सबै सम्बन्धित कलेजका परीक्षा केन्द्रहरू हरेक सेमेस्टरमा रोटेसनको आधारमा नियम अनुसार संचालन हुनुपर्ने, साथै परीक्षा केन्द्र परिवर्तन हुनुपर्ने जस्ता माग राखेर आन्दोलित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।