कक्षा १२ मा एभरेष्टका सबै विद्यार्थी उत्तीर्ण

विराटनगर । २०७९ सालमा लिइएको कक्षा १२ को बोर्ड परीक्षामा विराटनगर– ५ स्थित एभरेष्ट स्कूलले उत्कृष्ट नतिजा ल्याएको जनाएको छ ।

विज्ञान र व्यवस्थापन संकायका ११४ जना विद्यार्थीले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण भएको स्कूलको भनाइ छ ।

कोरोना महामारिका कारण प्रताडित भएका बेला समग्र देशकै नतिजा खस्किएको बेला एभरेष्टका विद्यार्थीले ल्याएको परिणाम अत्यन्तै उत्साहजनक रहेको सहायक प्रिन्सिपल नारायण कडरियाले बताए । करिब ५२ प्रतिशत विद्यार्थीको नतिजा ‘ननग्रेडिङ’ आउँदा एभरेष्टका शतप्रतिशत उत्तीर्ण हुनु सफलता भएको उनको भनाइ छ ।

स्कूलका प्राचार्य टिकाराम पुरीले एभरेष्ट स्कूलको नतिजा उत्कृष्ट भएपनि समग्ररुपमा देशभरको नतिजा यस वर्ष निराशाजनक रहेको बताए । एभरेष्टको नतिजा राम्रो आउनुमा भने, सूचना प्रविधिको उच्चतम प्रयोग, सिकाई पद्दति र अनुभवि शिक्षक तथा विद्यार्थी र अभिभावकको मेहनत नै प्रमुख कारण रहेको उनको भनाइ छ ।

पुरीले राष्ट्रिय परिक्षा बोर्डको त्रुटिका कारण ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आएको आरोप लगाउँदै यसले ठूलो संख्याका विद्यार्थीलाई प्रभावित बनाएको बताए । कोरोना महामारी झेलेर परिक्षा दिएका विद्यार्थीलाई समयसापेक्ष परिक्षा लिन बोर्डले नसकेको उनको भनाइ छ ।

कोरोनाका कारण विद्यार्थीले कक्षा लिन नसकेको, कोर्स पूरा नभएको, कतिपय विद्यार्थीले कोरोना महामारीसँगै लड्नु परेको अवस्थामा लिइएको परिक्षा समयसापेक्ष नभएको पुरीको भनाइ छ ।

शनिबार, १८ भदौ, २०७९, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर