लोड हुँदैछ...

मेनु

जिट्टोको विराटनगरमा शाखा बिस्तार, अध्यक्षमा जैन

जिट्टोको  विराटनगरमा शाखा बिस्तार, अध्यक्षमा जैन

विराटनगर । जैन ईन्टरनेश्नल ट्रेड अर्गनाईजेशन (जिट्टोे) को अन्र्तराष्ट्रिय महिला शाखा विराटनगरमा विस्तार गरेको छ । विराटनगरमा विस्तार गरिएको उक्त शाखाको अध्यक्षमा सन्तोष जैनको अध्यक्षमा ३० जनाको कार्यसमिति बनाएको हो ।

समितिको उपाध्यमा शोभना दुगड, मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिमा मिनल तातेड र डाक्टर नुतन नौलखा रहेकी छिन् । यसैगरि सरिता गोल्छा लगायतका अन्य महिलाहरु समेत लेडिज विंग विराटनगरमा आबद्ध भएका छन् । विराटनगरमा आइतबार एक कार्यक्रमकोबीच जीटो लेडिज विंगको घोषणा गरिएको हो । विश्वका विभिन्न शहरहरुमा यो संस्थाको शाखाहरु रहेको जनाईएको छ । भारतको मुम्बईमा यो संस्थाको मुख्य कार्यालय रहेको कार्यक्रममा जनाएको छ ।

विश्वब्यापी उक्त संस्थाले गरिब र पिछडिएका महिलाहरुको सामाजिक एवं आर्थिक उन्नतिको साथै शिक्षा मैत्री एवं आध्यात्मिक विकासकोलागि काम गर्दै आएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।