नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङमा रग्बी खेलको तयारी तीव्र

विराटनगर । नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङमा रग्बी खेलको तयारी तीव्र बनाइएको छ ।

मोरङ वाट उत्त प्रतियोगिताका लागि २४ जना खेलाडीले भाग लिने नेपाल रग्बी सङ्घ मोरङले जनाएको छ । रग्बी सङ्घ मोरङले तिन जना प्रशिक्षक राखेर सिकाइरहेको छ । खेलाडीलाई मुख्य प्रशिक्षक विक्रम कार्की सहित अन्य दुई जान पोखरीयाको डनवक्स स्कुलको खेलमैदानमा सिकाइरहेका छन् ।
१२ महिला खेलाडी र १२ पुरुष खेलाडीले प्रतियोगितामा भाग लिने नेपाल रग्बी सङ्घ मोरङका सचिव नवराज विष्टले जानकारी दिए । नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा जेठ २२ देखि २८ गतेसम्म संचालन हुँदै छ ।

मङ्गलबार, ३१ साउन, २०७९, बिहानको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर