विराटनगर । सांसदहरू हाजिर गरेर बाहिर निस्केपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले नियमापत्ति गरे। उनले प्रतिनिधि सभाको बैठकमा बहुमत सांसद संख्या भए वा नभएको निक्र्योल गर्न माग गरे।
त्यसपछि सभामुख सापकोटाले सांसदहरूको संख्या गणना गर्न लगाएका थिए । संसद् सचिवालयका कर्मचारी गणना गर्दा आवश्यक सांसद संख्या पुगेन।
त्यसपछि सभामुख सापकोटाले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपुरक संख्या एकीन गर्दा यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपुरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ६७ रहेकाले उक्त गणपुरक संख्या नपुग भएको देखिएकोले यो बैठक आजै १५ मिनेटको लागि स्थगित हुन्छ।’
सांसदहरूले बैठकमा नबस्ने गरेकोले पटकपटक प्रतिनिधि सभाको बैठक स्थगित हुँदै आएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।