फिफा विश्वकपको टिकट एन्फाले विक्री गर्ने

विराटनगर । कतारमा हुने फिफा विश्वकप फुटबलका लागिअखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ ।

आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको एन्फाले जनाएको छ ।

टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण गरेको छैन ।

नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

बिहिबार, ०९ असार, २०७९, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर