विराटनगर ।सातवटै प्रदेश सरकारले बुधबार आर्थिक वर्ष ०७९/८० को बजेट घोषणा गर्दैछन् । संवैधानिक प्रावधान अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट घोषणा गर्न लागेका हुन् ।

संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । सोही नीति तथा कार्यक्रममा टेकेर तथा संघको बजेटले तोकेको सिलिङका आधारमा बजेट आउनेछ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् । यस्तै प्रदेश १ सरकारले प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार ३८ अर्ब माथिको हुने भएको छ ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्न लागेको बताए । चालू आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडको थियो । यसमा २० प्रतिशत बढ्दा प्रदेश १ को आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३८ अर्ब ९० करोड हाराहारी पुग्ने देखिन्छ ।

दिउसो २ बजे बस्ने प्रदेशशभाको बैठकमा मन्त्री आङवोले संसदमा बजेट पेश गर्ने छन ।