शिक्षा सदनमा शुद्ध खानेपानी

विराटनगर । कक्षा ९ मा अध्ययनरत आर्जु थापा क्षेत्रीले ट्युबवेलबाट आउने पहेँलो पानी पिउँथिन् । विद्यालयमा शुद्ध पिउने पानी नहुँदा ट्युबवेलबाट आउने आर्सेनिक युक्त भएको पानी खान बाध्य थिइन । यसरी आर्सेनिक युक्त भएको खानेपानी पिउने बाध्य हुने आर्जु मात्र होइनन् ।

शिक्षा सदनमा अध्ययनरत करिब चार सय विद्यार्थी र शिक्षक वर्षौँदेखि ट्युबवेल बाट आउने आर्सेनिक युक्त खानेपानी बाध्य भएका थिए । अब भने पूर्व विद्यार्थी दिनेश ठाकुरले शिक्षा सदन माविमा शुद्ध खानेपानीको ९वाटर आरवो सिस्टम०’ धारा जडान गरिदिएपछि विद्यार्थी र शिक्षकले स्वच्छ पिउने पानी खान थालेका छन् । कक्षा सातसम्म शिक्षा सदनमा अध्ययन गरेका पूर्व विद्यार्थी ठाकुरले धारा जडान गरिदिएपछि सोमबार एक कार्यक्रम आयोजना गरी धाराको उद्घाटन गरियो ।

शुद्ध खानेपानीको धाराको उद्घाटन कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङनामले गरेकी छिन् । कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले गर्नुपर्ने काम यस विद्यालयका पूर्व विद्यार्थीले गरेर उदाहरणीय काम गरेको बताइन् ।‘कलको यस्तो पहेँलो पानी खाँदा–खाँदा दाँत बिग्रियो । रोग पनि चाँडै लाग्छ रे भन्ने सुनिएका थियौ । नयाँ धारा जडान भएपछि शुद्ध पिउने पानी खान थालेका छौँ,’ कक्षा ९ का सुनमा गिरीले भनिन् ।

पूर्व विद्यार्थी ठाकुरले विद्यालयमा धारा पु¥याइदिएपछि विद्यार्थीहरूले आर्सेनिक युक्त ट्युबवेलको पानी क्रमशः प्रयोग गर्न छाडेका छन् ।
आर्सेनिक युक्त पानी आउन थालेपछि हामी स्कुल नजिक भएको घरमा जाने गरेका थियौँ । त्यहाँ पनि पहेँलो यस्तै पानी आउने गरेको थियो । तर, अहिले त स्कुलमै शुद्ध खानेपानी आएको छ,’ कक्षा ९ मा अध्ययनरत आर्जु थापा क्षेत्रीले भनिन् ।

१ देखि कक्षा ७ सम्म शिक्षा सदनमा अध्ययन गरेका ठाकुरले आफू पढेको विद्यालय र जन्मेको भूमिमा केही सामाजिक कार्य गर्नु उद्देश्य अनुरूप विद्यार्थीको लागि खानेपानीको लागि धारा जडान गरिएको उनले बताए । ठाकुर अहिले विराटनगरस्थित आर्या न्युरो हस्पिटलका निर्देशक रहेका छन् । उनले शिक्षा सदनबाट २०४४ सालमा कक्षा सात उत्तीर्ण गरेका थिए । त्यसपछि उच्च शिक्षा विराटनगरबाट गरेका हुन् । ‘शिक्षाको ज्योति छर्ने स्कुलले आफू बाल्यकालमा रहँदा आर्सेनिक युक्त ट्युबवेलको पानी विद्यार्थीहरू खान बाध्य हुनुपरेको थियो । अहिले अध्ययनरत विद्यार्थीहरूले शुद्ध खानेपानी खुवाउने र आफू पढेको विद्यालयमा पनि केही गर्ने उद्देश्यले खानेपानी जडान गरिदिएको हो,’ उनले भने, ‘शुद्ध खानेपानी खान पाउनु जनताको आधारभूत अधिकार पनि हो । त्यही उद्देश्यले पनि शुद्ध पिउने पानीको लागि खानेपानी पु¥याएका हौँ ।’

उनले अतीतका दिन स्मरण गर्दै भने, ‘स्कुल अगाडी प्रत्येक साल ३ वैशाखमा मेला लाग्ने गरेको छ । गएको वर्ष स्कुल अगाडी लाग्ने मेला आउँदा यहाँका विद्यार्थीले आर्सेनिक युक्त खानेपानी खाएको देखपछि स्वच्छ पिउने पानी राखिदिने मेरो योजना थियो । अहिले आएर पुरा भएको छ ।’
पानी शुद्ध पिउने पानीको लागि ९ वाटर आरवो सिस्टम० को प्रविधि जडान ठाकुरले गरिदिएका छन् । उनले तीन लाख ५० हजार रुपैयाँ लागतमा खानेपानी जडान गरिदिएका हुन् । आफू जन्मेहुर्केको ठाउँमा केही गर्नुपर्ने उद्देश्यले खानेपानी जडान गरिदिएको उनले बताए ।

विद्यालय परिसरमा शुद्ध पिउने पानी जडान गरिदिएपछि विद्यार्थीलाई पानी खान सहज भएको शिक्षा सदन माविका प्रधानाध्यापक नारायण प्रसाद काफ्लेले जानकारी दिए । कार्यक्रममा कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, ३ नं। वडाका वडा अध्यक्ष गोपाल कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल रुपा भुजेल, गोल्डेन अस्पतालको सञ्चालक अर्चना मण्डललगायतको उपस्थिति रहेको थियो ।

सोमबार, ३० जेठ, २०७९, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर