विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यकर्ता पोस्ने खालको कार्यक्रम ल्याएको बताएको छ ।

एमाले संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री भीम आचार्यले मिडियालाई भुलाउने खालको मात्रै भएको प्रतिक्रिया दिए । उनले नीति तथा कार्यक्रममा के लाई प्राथमिक्ता दिएको भन्ने समेत प्रस्ट नभएको बताएका छन ।

‘हुरुरु उठेर गएर चन्द्रमा टिपेर ल्याएर दिउला जस्तो कार्यक्रम आएको छ,’ उनले भने, ‘यी कार्यक्रम पूरा गर्न खर्बौंको बजेट चाहिन्छ, अब कति कतिको बजेट आउँछ हेर्न बाँकी छ ।’ नीति तथा कार्यक्रम जनतालाई नोक्सान गर्ने खालको मात्रै भएको उनले बताए ।

एमालेले कृषकलाई राहतको कार्यक्रम ल्याउन नसकेको सरकारले मिडिया रंगाउने कार्यक्रम उनले आरोप लगाएका छन ।

सरकारले भने कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।