दुहबी । सुनसरीको दुहबीमा भू–माफियाको सेटिङमा नहर उत्खन्न गरि लाखौंको माटो बेच्दै गरेको खुलासा भएको छ ।
सुनसरी–मोरङ सिचाईं योजनाको रामगञ्ंज सिस्टमवाईज शाखा नहर सफा गर्ने नाउँमा नहरको स्वरुप नै बिगार्नेगरि माटो उत्खन्न गर्न डोजर प्रयोग गरि टिपरहरुमा लाखौंको माटो व्यापारिक प्रयोजनमा बेचिएको छ ।
वर्षाको समयमा शाखा नहरमा पानीको छालबाट आसपास क्षेत्रमा रहेको बस्तिहरु डुबानमा पर्ने भएकोले नहरमा ओभरफ्लो हुन नदिन नहरको डिलमा माटोलाई ब्यवस्थित तरिकाले पुर्नुपर्नेमा पछिल्लो समयमा भू–माफिया र सिचाईका रामगञ्ज शाखाको सिस्टमवाईज शाखा अध्यक्षको मिलोमतोमा माटो बेच्ने गरिएको हो ।
कुनैपनि नहरलाई प्रत्येक वर्ष सफाइ गर्ने नियम रहेपनि सफाइ गरेको माटो नहरकै डिलमा हाल्नुपर्ने नियम छ । तर, माटो कारोवारीसँगको मिलेमतोमा कमिसनको खेलमा माटो बेच्ने गरेको हो । सो माटो छेउछाउका निर्माणाधिन उद्योगमा बेच्ने गरेको पाइएको छ ।
दुहबी नगरपालिका २ र ९ मा निर्माण भएको कृषि सडकलाई नै क्षति पुग्नेगरि नहर सफा गर्ने बहानामा डोजर प्रयोग गरी गहिरो भङ्गालो बनाई माटो कटान गरि बिक्री वितरण गर्ने गरिएको स्थानीले बताएका छन् । नहर सफा गर्ने बहानामा रामगंज शाखा नहरका अध्यक्ष टेकचन्द विश्वासकै मिलोमतोमा लाखौं रकमको माटो उत्खन्न गरी बेच्दै गरेको पाइएको छ ।
वर्षाको बेला सडकको भागमा गहिरो हुनेगरी खाडल खन्दा भारी सवारी साधन हिँड्न समस्या हुने गरेको छ । नहरको माटो बेच्ने बिषयमा सुनसरी मोरङ सिचाइ योजना रामगंज शाखाका अध्यक्ष विश्वासले भने समितिको आम्दानी नभएको र कार्यालय सञ्चालनमा समस्या हुँदा माटो कटान गरी बेच्न दिएको बताएका छन् ।






1 प्रतिक्रिया
1 प्रतिक्रिया
डिलमा छाडेर हिलो हुनु भन्दा त बेचेर रै सहि कम से कम सफा हुनु पर्यो।माटो तेहि छाडेका बाटा हेर्नू भको छ हिलो भको।
प्रतिक्रियाहरू बन्द छन्।