विराटनग । विराटनगर – ४ पीपलचौकमा टिभिएसको देशभरीमै सबैभन्दा ठूलो शोरूम संचालनमा आउने भएको छ । केशरीचन्द भबरलालले देशभरीमा रहेको भन्दा सबैभन्दा ठूलो शोरूम विराटनगरमा संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।
विराटनगरमा संचालनमा आउन लागेको शोरूम अत्याधुनिक र सुविधा सम्पन्न रहेको शोरूमका संचालक प्रशान्त तातेडले जानकारी दिए । उक्त शोरूम चाँडै संचालनमा ल्याउने तयारी गरिएको छ । ‘अहिले विराटनगरमा खोलेको टिभिएसको शोरूम देशभरीकै सबैभन्दा ठूलो हो । यहाँ संचालनमा आउन लागेको शोरूम अत्याधुनिक सुविधा सम्पन्न रहेको छ,’ उनले भने, ‘हामीले ग्राहकलाई मध्यनजर गरि शोरूम संचालनमा ल्याउन लागेको हो ।’
एउटै छानामुनि टिभिएसको मोटरसाइकल र सर्भिस सेन्टर समेत रहेको यो शोरूम ग्राहकमैत्री बनाउन प्रयत्न गरिएको म्यानेजर गुणराज पोखरेलले बताए । शोरूम भित्र रेष्टुरेन्ड पनि रहेको छ । जहाँ सवारी साधन सर्भिस गर्न आउँने ग्राहकलाई लक्षित गरि हामीले खोलेका हौं,’ उनले भने, ‘शोरूम भित्र ग्राहक बस्ने सुविधा सम्पन्न कोठाहरू बनाएका छौं ।’
यो शोरूमा टिभिएस कम्पनीको सम्पूर्ण डिजाइनका मोटरसाइक र स्कुटरहरू पाइन्छ । शोरूममा १३ वटा मोडलका मोटरसाइकल, एउटा मोडलको मोपेड र ८ वटा मोडलका स्कुटर रहनेछ । मोटरसाइकलको इन्जिनको पाँच वर्षको वारेन्टि र शुन्य प्रतिशत ब्याजदरमा फाइन्सको सुविधा पनि रहेको छ ।