चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरिने, २ घण्टामै सगरमाथा क्षेत्र पुगिने

विराटनगर । अर्थमन्त्री जर्नादन शर्माले चतरा सगरमाथा द्रुत मार्ग निर्माण गर्ने बताएका छन्।

आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै शर्माले सुनसरीको चतराबाट दुई घण्टामा सगरमाथा पुग्न सकिने गरि सडक मार्ग बनाइने उनले बताए।

उनले पर्यटनको विकासका लागि सरकार यसै आर्थिक वर्षबाट द्रुत मार्गको काम शुरु गरिने बताएका छन्। उनले सगरमाथासम्म पर्यटक पुर्याउनका लागि सोलुखुम्बु क्षेत्रको सडक स्तारोन्नति गर्ने बताए। यो कामका लागि विनियोजित बजेटबारे अर्थमन्त्री शर्माले केही खुलाएनन् ।

आइतबार, १५ जेठ, २०७९, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर