प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन आव्हान

विराटनगर । प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमबारका लागि आव्हान गरिएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै प्रदेशसभाको बजेट अधिवेशन आव्हान गरेको जानकारी सार्वजनिक गरेको हो ।

जेठ ९ गते सोमबार अपरान्ह बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस बमोजिम प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेका हुन् ।

आउँदो सोमबारबाट सुरु हुने प्रदेशसभा बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल गर्ने र पूर्व बजेट छलफल गर्ने बताइएको छ ।

प्रदेशसभामा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ छलफलका क्रममा छन् ।

बुधबार, ११ जेठ, २०७९, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर