लोड हुँदैछ...

मेनु

आगामी नीति तथा कार्यक्रम सरकाले आज संसदमा पेश गर्ने

आगामी नीति तथा कार्यक्रम सरकाले आज संसदमा पेश गर्ने

विराटनगर । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सरकारले आज संसदमा पेश गर्ने भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।
आज ४ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो ।

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए।

२०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रम विहीन बन्न पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds