जसले दोस्रो पटक पनि जनताको मत जिते

प्रदेश १ मा २९ जना प्रमुख/अध्यक्ष र १७ जना उपप्रमुख/उपाध्यक्षमा दोस्रो पटक विजयी

विराटनगर प्रदेश १ मा हालसम्म मतगणना सम्पन्न भएका १२३ वटा पालिकामध्ये २९ पालिकाका प्रमुख तथा अध्यक्ष पुरानै अनुहार दोहोरिएका छन् । यस्तै १७ जना पुरानै उपप्रमुख तथा उपाध्यक्ष दोहोरिएका छन् ।

दोस्रो पटक निर्वाचित हुनेमा ११ जना प्रमुख÷उपप्रमुख र ९ उपप्रमुख÷उपाध्यक्ष एमालेका छन् भने कांग्रेसका ११ जना प्रमुख÷अध्यक्ष र ६ जना उपप्रमुख÷उपाध्यक्षमा दोहोरिएका छन् । माओवादी केन्द्रका ४ जना अध्यक्ष र २ जना उपाध्यक्ष दोहोरिएका छन् । नेकपा एसका २ जना र राप्रपाबाट १ जना दोहोरिएका छन् ।

हाल मतगणना बाँकी रहेको मोरङको रंगेली नगरपालिकामा पनि पुरानै अनुहार दोहोरिने सम्भावना छ । रंगेलीका प्रमुखका उम्मेद्वार दिलिप अग्रवाल प्रतिस्पर्धी भन्दा धेरै अगाडि छन् । यसअघि माओवादी केन्द्रबाट जितेका उनी अहिले एमालेबाट उम्मेदवार बनेका छन् ।
झापाको कन्काइ नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेल दोहोरिएका छन् । उनले ८ हजार ६७३ मत ल्याउँदा कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत पाए ।

झापाकै झापा गाउँपालिकामा कांग्रेसका जयनारायण साह पुनः विजयी भएका छन् । उनले ६ हजार ९९८ मत ल्याउँदा एमालेका गौरीशंकर राजवंशी ४ हजार ३६५ पाएर पराजित भए ।

झापाकै हल्दीबारीमा राप्रपाका रविन्द्र लिङदेनले पुनः चुनाब जितेका छन् । उनले ६ हजार ८५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत पाए ।

पुनः दोहोर्याएर जित्नेमा इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई पनि हुन् । उनी नेकपा (एकीकृत समाजवादी)बाट उम्मेद्वार बनेका थिए । उनले १२ हजार ४३१ मत ल्याउँदा नेकपा एमालेका काजिमान कागतेले १० हजार ५७९ मत पाए ।

इलामको देउमाइ नगरपालिकामा पुनः एमालेका प्रमुख र उपप्रमुखले नै दोहोर्याएका छन् । प्रमुखमा सूर्यप्रसाद पोखरेलले ८ हजार ६९५ मत ल्व्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका होमप्रसाद दुलालले ७ हजार ६२२ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा पवीमाया राईले ८ हजार ५६३ मत पाउँदा प्रतिस्पर्धी माओवादी केन्द्रका रामकुमार राईले ५ हजार ७६५ मत ल्याउन सफल भए ।

यस्तै ताप्लेजुङको पाथीभरा याङ्बरकमा एमालेका अध्यक्ष र उपाध्यक्ष नै दोहोरिएका छन् । अध्यक्ष केशरकुमार सुब्बाले २ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामकुमार थेबेले २ हजार ८७४ मत ल्याएका छन् । एमालेकै उपाध्यक्षकी उम्मेद्वार रनमाया गुरुङले माओवादीका कुमार सुब्बा लिम्बूलाई पराजित गरेकी छन् ।

संखुवासभा पाँचखपन गाउँपालिकाका अध्यक्ष विपीन राई पनि पुरानै अनुहार हुन् । उनले एमालेका हिन्दुकुमार राईलाई पराजित गरेका हुन् । विपीनले ४ हजार ७८८ मत ल्याउँदा हिन्दुले ३ हजार ४३७ मत ल्याउन सफल भए ।

संखुवासभाकै चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा पनि पुनः दोहोर्याउने जनप्रतिनिधि हुन् । कांग्रेसका उम्मेद्वार उनले १ हजार ८६१ मत ल्याउँदा माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत ल्याए ।

तेह्रथुमको म्याङलुङ नगरपालिकाको अध्यक्षमा एमालेका सञ्जयकुमार तुम्बाहाम्फेले फेरि जितेका छन् । उनले ५ हजार ११७ मत ल्याउँदा कांग्रेसका अर्जुनबहादुर तुम्बाहाङफेले ४ हजार ४७८ मत ल्याए ।

तेह्रथुमकै लालिगुराँस नगरपालिकामा भने कांग्रेसका अर्जुन माबुहाङले पुनः जितेका छन् । मावोहाङले ५ हजार १३९ मत ल्याएर निर्वाचित हुँदा एमालेका गणेशकुमार लिम्बूले ३ हजार ३४४ मत मात्रै ल्याए । यस्तै तेह्रथुमकै छथर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका पुरानै उम्मेद्वारले जितेका छन् ।

अध्यक्षमा सन्तवीर लिम्बूले ३ हजार ९१५ मत ल्याउँदा उपाध्यक्षमा तारा खरेलले पनि ३ हजार ७६२ मत ल्याएर विजयी बनिन् । अध्यक्षमा निकटतम प्रतिस्पिर्धी माओवादी केन्द्रका इन्द्रबहादुर इम्सङले ३ हजार ३०६ मत ल्याउँदा उपाध्यक्षमा भने कांग्रेसका टेकराज लिम्बूलाई ३ हजार ६२ मत प्राप्त भएको थियो ।

तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिकामा एमालेका यादवबहादुर खापुङले पुनः दोहोरिएका छन् । खापुङले २०५५ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बूले २०२१ मत ल्याए । सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिम्सिना पुनः दोहोरिएकी छन् । उनले १ हजार ९८६ मत ल्याउँदा एमालेका प्रेमलता घिमिरेले १ हजार ९७४ मत ल्याइन् ।

उता, भोजपुर नगरपालिकाको प्रमुखका विजेता कैलाशकुमार आले पनि पुरानै अनुहार हुन् । कांग्रेसका उनले ५ हजार ६१५ ल्याएर विजयी बन्दा एमालेका भरतकुमार तामाङले ५ हजार १ सय मत पाएर पराजित बने । भोजपुरकै अरुण गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी विनिता ढकालले पुनः दोहोर्याएकी छिन् । उनले ३ हजार मत ल्याउँदा एमालेकी कविता राईले २ हजार ५४४ मत मात्रै ल्याएकी थिइन् ।

भोजपुरकै पौवादुम्मा गाउँपालिकाका अध्यक्षमा एमालेका किरण राई पुनः विजयी भएका छन् । उनले २ हजार ४९९ मत ल्याउँदा माओवादीका नगेन्द्रबहादुर भुजेलले १ हजार ६८८ मत पाए ।

भोजपुरको आमचोकमा माओवादीका अध्यक्ष तथा उपाध्यक्षका दुवै उम्मेद्वारले दोस्रो पटक जितेका छन् । अध्यक्षमा अशोक राईले ३ हजार ६८६ मत ल्याउँदा एमालेका बसन्त राईले ३ हजार २५८ मत मात्रै ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादीकी सीता राईले कांग्रेसका छिरिङ शेर्पालाई पराजित गरिन् ।

भोजपुरकै हतुवागढीको अध्यक्षमा निर्वाचित एमालेका प्रेमकुमार राई पनि पुरानै अनुहार हुन् । उनले ४ हजार ४२ मत ल्याएर विजयी बन्दा कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका छन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ पनि पुरानै अनुहार हुन् । उनले ७ हजार ६६६ मत ल्याउँदा कांग्रेसका दिनेश राईले ७ हजार ६५२ मत पाएका छन् । धनकुटाकै सहिदभूमि गाउँपालिकामा पनि एमालेका दुवै उम्मेद्वार जितेका छन् । अध्यक्षका उम्मेद्वार मनोज राईले ४ हजार २१४ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राईले ४ हजार २७ मत मात्रै ल्याउन सफल भए ।

उपाध्यक्षमा विजयी एमालेकी रत्नेश्वरी राईले ४ हजार ६७२ मत ल्याउँदा कांग्रेसका तोर्णबहादुर खड्काले भने ३ हजार ३७१ मत मात्रै ल्याएका छन् । धनकुटाकै महालक्ष्मी नगरपालिकाको उपप्रमुख एमालेकी मञ्जुकुमारी कार्कीले पनि पुनः दोहोर्याएकी छन् । उनलाई ५ हजार ३८४ मत आउँदा माओवादी केन्द्रका प्रेम खड्काले ४ हजार ९३४ मत ल्याएका हुन् ।

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एस)का मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । उनी पनि यसअघि सोही पालिकाका अध्यक्ष थिए । उनले ४ हजार ९४२ मत ल्याउँदा एमालेका गोपाल बहादुर खत्रीले ४ हजार ११४ मत ल्याए ।

यस्तै लिम्चिङबुङ गाउँपालिकाको अध्यक्षमा पुनः विजयी माओवादी केन्द्रका मेजरकुमार राई पनि पुरानै अनुहार हुन् । उनले २ हजार ५१ मत ल्याउँदा एमालेका राजकुमार राईले १ हजार ५८९ मत पाएका छन् ।

ओखलढुंगा खिजिदिम्बा गाउँपालिकाका उपाध्यक्ष काँग्रेसकी सुशीला तामाङ,चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसी (काँग्रेस), चिशंखुगरी गाउँपालिका अध्यक्ष निशान्त शर्मा (माओवादी केन्द्र), खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिग्राम बञ्जरा (काँग्रेस) पनि पुरानै अनुहार हुन् ।

यस्तै सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्गु शेर्पा (काँग्रेस), माप्य दूधकुण्ड गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई (एमाले), खुम्बुपासाङ ल्यामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्यामु शेर्पा (एमाले), महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ (काँग्रेस), थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राई (माओवादी), उपाध्यक्ष सविता राई (माओवादी) पनि पुरानै अनुहार हुन् ।

सुनसरी दुहबी नगरपालिकाका प्रमु्ख वेदनारायण गच्छदार (काँग्रेस), कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारी (काँग्रेस), उपाध्यक्ष अनिता देवी यादव (काँग्रेस), मोरङको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला (एमाले), उपप्रमुख दमयन्ता चुँडाल (एमाले), बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार (कांग्रेस), धनपालथान उपाध्यक्ष नामिमा बानु (काँग्रेस) पनि पुरानै अनुहार हुन् । पाँचथर हिलिहाङको उपाध्यक्षमा निर्वाचित सुमित्रा उप्रेती सेडाईले पनि पुनः दोहोर्याएकी छिन् ।

पुनः विजयी बन्ने पुरानै अनुहारहरु
१) कन्काइ नगरपालिका, झापा
अध्यक्षः राजेन्द्रकुमार पोखरेल (एमाले)

२) झापा गाउँपालिका, झापा
अध्यक्षः जयरानायण साह (काँग्रेस)

३) हल्दीबारी गाउँपालिका, झापा
अध्यक्षः रविन्द्र लिङ्देन

४) सूर्योदय नगरपालिका, इलाम
प्रमुखः रणबहादुर राई (नेकपा एस)

५) देउमाइ नगरपालिका, इलाम
प्रमु्खः सूर्यप्रसाद पोखरेल (एमाले)
उपप्रमुखः पविमाया राई (एमाले)

६) हिलिहाङ गाउँपालिका, पाँचथर
उपाध्यक्षः सुमित्रा उप्रेती सेढाई (एमाले)

७) पाथीभरा याङ्बरक गाउँपालिका, ताप्लेजुङ
अध्यक्षः केशरकुमार सुब्बा (एमाले)
उपाध्यक्षः रनमाया गुरुङ (एमाले)

७) पाँचखपन गाउँपालिका, संखुवासभा
अध्यक्षः विपिन राई (कांग्रेस)

८) चिचिला गाउँपालिका, संखुवासभा
अध्यक्षः पासाङ नुर्बु शेर्पा (कांग्रेस)

९) तेह्रथुम, संखुवासभा
म्याङलुङ नगरपालिका
प्रमुखः सञ्जयकुमार तुम्बाहाम्फे (एमाले)

१०) लालिगुराँस नगरपालिका, संखुवासभा
अध्यक्षः अर्जुन माबुहाङ (कांग्रेस)

११) छथर गाउँपालिका, तेह्रथुम
अध्यक्षः सन्तवीर लिम्बू (एमाले)
उपाध्यक्षः तारा खरेल (एमाले)

१२) मेन्छ्याङ गाउँपालिका, तेह्रथुम
अध्यक्षः यादव बहादुर खापुङ (एमाले)
उपाध्यक्षः गीतादेवी तिम्सिना (काँग्रेस)

१३) भोजपुर नगरपालिका, भोजपुर
अध्यक्षः कैलाश कुमार आले (काँग्रेस)

१४) अरुण गाउँपालिका, भोजपुर
उपाध्यक्षः विनिता ढकाल (काँग्रेस)

१५ ) पौवादुम्मा गाउँपालिका, भोजपुर
अध्यक्षः किरण राई (एमाले)

१६) आमचोक गाउँपालिका, भोजपुर
अध्यक्षः अशोक राई (माओवादी)
उपाध्यक्षः सीता राई (माओवादी)

१७) हतुवागढी गाउँपालिका, भोजपुर
अध्यक्षः प्रेमकुमार राई (एमाले)

१८) धनकुटा नगरपालिका, धनकुटा
प्रमुखः चिन्तन तामाङ (एमाले)

१९) सहिदभूमि गाउँपालिका, धनकुटा
अध्यक्षः मनोज राई (एमाले)
उपाध्यक्षः रत्नेश्वरी राई (एमाले)

२०) महालक्ष्मी नगरपालिका, धनकुटा
उपप्रमुखः मञ्जु कुमारी कार्की (एमाले)

२१) उदयपुरगढी गाउँपालिका, उदयपुर
प्रमुखः मानबहादुर केप्छाकी मगर (नेकपा एस)

२२) लिम्चिङबुङ गाउँपालिका, उदयपुर
अध्यक्षः मेजरकुमार राई (माओवादी)

२३) खिजिदिम्बा गाउँपालिका, ओखलढुंगा
उपाध्यक्ष ः सुशीला तामाङ (कांग्रेस)

२४) चम्पादेवी गाउँपालिका, ओखलढुंगा
अध्यक्षः नवराज केसी (काँग्रेस)

२५) चिशंखुगरी गाउँपालिका, ओखलढुंगा
अध्यक्षः निशान्त शर्मा (माओवादी केन्द्र)

२६) बराहपोखरी गाउँपालिका, खोटाङ
अध्यक्षः शालिग्राम बञ्जरा (काँग्रेस)

२७) सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बु
प्रमुखः नाम्गेल जाङ्गु शेर्पा (काँग्रेस)

२८) माप्य दूधकुण्ड गाउँपालिका, सोलुखुम्बु
अध्यक्ष ः बुद्धिकिरण राई (एमाले)

२९) खुम्बुपासाङ ल्यामु गाउँपालिका, सोलुखुम्बु
उपाध्यक्ष ः टासी ल्यामु शेर्पा (एमाले)

३०) महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
उपाध्यक्षः विपना कुलुङ (काँग्रेस)

३१) थुलुङ दूधकोशी गाउँपालिका, सोलुखुम्बु
अध्यक्ष ः असिम राई (माओवादी)
उपाध्यक्ष ः सविता राई (माओवादी)

३२) दुहबी नगरपालिका, सुनसरी
प्रमु्खः वेदनारायण गच्छदार (काँग्रेस)

३३) कोशी गाउँपालिका, सुनसरी
अध्यक्षः अयुव अन्सारी (काँग्रेस)
उपाध्यक्षः अनिता देवी यादव (काँग्रेस)

३४) लेटाङ नगरपालिका, मोरङ
उपप्रमुखः कृष्णकुमारी निरौला (एमाले)

३५) रतुवामाइ नगरपालिका, मोरङ
उपप्रमुखः दमयन्ता चुँडाल एमाले

३६) बुढीगंगा गाउँपालिका, मोरङ
उपाध्यक्षः अमृता गच्छदार (कांग्रेस)

३७) धनपालथान गाउँपालिका, मोरङ
उपाध्यक्षः नामिमा बानु (काँग्रेस)

जेष्ठ ७, २०७९, साँझको ०५:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर