एमालेको विजय जुलुसमा घाइते भएका एकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको बिजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनवर्षी नगरपालिका ५ का ४५ वर्षीय राजकुमार सरदारको उपचारको क्रममा सुनसरीको धरानस्थित विपी कोइरला विज्ञान प्रतिष्ठानमा बिहीबार राति मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घाइतेको मृत्यु भएको पुष्टि गरेका छन् । को २ च १४३७ नम्बरको ट्याक्टरमा चढाएर स्थानीयले एमालेले विजय जुलुसमा सहभागी गराउने लैजाने क्रममा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा सुनवर्षीकै २६ वर्षी जलन्धर राजवंशीसहित अन्य ६ जना घाइते छन् ।

घाइतेहरुको विराटनगर र रंगेलीमा उपचार भइरहेको छ । दुर्घटनमा ट्याक्टर चालक टुनटुन राजवंशी, ३८ वर्षीया स्वेता सरदार, २७ वर्षीय जहानभरकुमार राजवंशी, ४० वर्षीय कुसहा राजवंशी, ३५ वर्षीय लक्ष्मी सरदार घाइते भएका छन् । उनीहरुको रंगेली अस्पतलामा उपचार भइरहेको छ ।

सुनवर्षी नगरपालिकाको मेयर तथा उपमेयर दुबै पदमा एमाले उम्मेदवार विजयी भएपछि जुलुस लगाउन कार्यकर्ता र स्थानीय ओसार्ने क्रममा दुर्घटना भएको हो ।

जेष्ठ ६, २०७९, बिहानको १०:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर