विराटनगर । मोरङको सुनवर्षि नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
को २ च १४३७ नम्बरको ट्याक्टर बिहीबार दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
जुलुसका सहभागी लिएर जाने क्रममा ट्याक्टर पल्टँदा १३ जना घाइते भएका हुन् । घाइतेमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेकोले बताइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मारङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
घाइते अन्य ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाँकी घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन् ।
Nothing