विराटनगर–१३ मा राप्रपा उदायो

विराटनगर । विराटनगर महानगरपालिका–१३ को वडाध्यक्षमा राप्रपाका सूर्यलाल यादव वडाध्यक्ष विजयी भएका छन् ।

बुधबार बिहान सार्वजनिक भएको वडाको अन्तिम मतपरिणामअनुसार यादव ५९ मतान्तरले निर्वाचित भएका हुन् ।

काङ्ग्रेसका आमोदकुमार झालाई पराजित गर्दै वडाध्यक्ष बन्ने क्रममा यादवले ६२८ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी झाले ५६९ मत मात्रै ल्याउन सके ।

वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी नेकपा एमालेका किशोरकुमार पोखरेलले ५५८ र जसपाका झरिलाल महतोले ३८८ मत प्राप्त गरे । महतो निवर्तमान वडाध्यक्ष हुन् ।

जेष्ठ ४, २०७९, बिहानको ०९:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर